काठमाडौं । डिजिटल दैनिकीलाई ट्रयाक गर्न निकै सहज छ । हामी सारा दिन के गर्छौं, कहाँ जान्छौं, कसको बारेमा सर्च गर्छौं, के खरिद गर्छौं, यी सबै जानकारी फोन तथा कम्प्युटरको माध्यमबाट ट्रयाक गर्न सकिन्छ ।
यस्तो डेटा प्रयोगकर्तालाई पर्सनलाइज्ड विज्ञापन पठाउन उपयोग गरिन्छ । यो डेटालाई एक विशेष नेटवर्कको माध्यमबाट पठाउने गरिन्छ, जसलाई विज्ञापनदाता, प्रकाशक र विज्ञापन ब्रवकरबीच प्रकाशको गतिमा डेटा ओहोरदोहोर गर्छ ।
तर अब एक नयाँ प्रकारको स्पाइवेयर सामुन्ने आएको छ । एक इजरायली समाचार पत्र हारेतले स्थानीय प्रविधि कम्पनी इनस्यानेटले एउटा त्यस्तो प्रणाली विकास गरेको छ, जसले विज्ञापन नेटवर्कको सहयोगमा मोबाइल तथा कम्प्युटरलाई निशाना बनाउन सक्छ । यो स्पाइवेयरको नाम हो, शेरलक ।
रिपोर्टमा उल्लेख गरिएअनुसार यो स्पाइवेयर रोक्ने अहिलेसम्म त्यस्तो अर्को कुनै प्रविधि विकास भएको छैन । साथै इजरायली सरकारले इनस्यानेटलाई यो प्रविधि बिक्री गर्ने अनुमति समेत दिइसकेको छ ।
इनस्यानेटको स्पाइवेयर शेरलक कुनै त्यस्तो पहिलो स्पाई (खुफिया) सफ्टवेयर होइन, जसले फोन प्रयोगकर्ताको सहमति विपरीत गएर त्यसमा इन्स्टल हुन्छ र उसका गतिविधिलाई ट्रयाक गर्छ । साथै फाइल आदि ट्रान्सफर समेत गर्न सक्छ ।
यद्यपि पछिल्लो समय सबैभन्दा चर्चित स्पाइवेयर टुल पेगासस हो । कम्पनीहरू मिलेर प्रयोगकर्ताको सूचनालाई कसरी न कसरी ट्रयाक गरिहाल्छन् ।
जसबाट उनीहरू प्रयोगकर्ताको अनलाइन गतिविधि ट्रयाक गर्छन् । कयौं पल्ट प्रयोगकर्ताको डेटा डार्क वेबमा बिक्री गरिन्छ । प्रयोगकर्ताको गतिविधि ट्रयाक गर्नका लागि मलिसियस प्रयोग गरिन्छ ।
यस्ता मलिसियस सफ्टवेयर सरकारी एजेन्सी, निजी अनुसन्धानकर्ता अथवा साइबर अपराधीले इन्स्टल गराउँछन् । यसमा फोन तथा कम्प्युटर प्रयोगकर्तालाई थाहा नै हुँदैन ।
स्पाइवेयरको माध्यमबाट मोबाइलमा भएका सामग्रीमाथि नजर लगाइन्छ । जसमा कल, टेक्स्ट, ईमेल तथा भ्वाइस मेसेज आदि हुने गर्छन् ।
कतिपय समय स्पाइवेयर प्रयोगकर्ताको मोबाइललाई पूर्ण रूपमा नियन्त्रणमा समेत लिन सक्छन् । त्यसबाट फोनको माइक्रोफोन तथा क्यामेरा आदिमा पहुँच बनाएर त्यसबाट लिइएको डेटा अर्को डिभाइसमा पठाउन सक्छन् ।