close

फेसबुक र मेसेन्जरमा पनि आयो ‘ब्रोडकास्ट च्यानल’, के के छन् फिचर ?

टेकपाना टेकपाना

कात्तिक ११, २०८० १६:२९

फेसबुक र मेसेन्जरमा पनि आयो ‘ब्रोडकास्ट च्यानल’, के के छन् फिचर ?

काठमाडौं । इन्स्टाग्राम र ह्वाट्सएपमा उपलब्ध 'ब्रोडकास्ट च्यानल' अब फेसबुक र मेसेन्जरमा पनि आउने भएको छ । मेटाले हालै एक ब्लग  लेख्दै यसबारे जानकारी दिएको हो ।

ब्राेडकास्ट च्यानलले धेरै सदस्य भएको ग्रुप च्याटजस्तै काम गर्ने गर्छ । यसमा क्रियटरले आफ्ना फलोअरलाई इन्भाइट गर्न सक्छन् । त्यसमा जोडिएकाहरू माँझ भोइस नोट्स, पुल्स, टेक्स्ट पोस्ट, फोटो/भिडिओ शेयर गर्न सक्छन् ।

त्यसरी कुनै पनि कुरा पठाउँदा त्यहाँ जोडिएका सदस्यहरूले सूचना पाउँछन् । जसलाई उनीहरूले चाहे म्यूट गर्न सक्छन् । तर क्रियटरले मात्र च्यानलमा मेसेज पठाउन पाउँछन् । सदस्यहरूले भने त्यसमा प्रतिक्रिया दिन तथा पोलमा भोट हाल्न सक्छन् ।

विशेषगरी पेजहरूका लागि ब्राेडकास्ट च्यानल उपलब्ध हुनेछ । हाल यो फिचर परीक्षणकै क्रममा छ । सेलिब्रेटी वा कम्पनीको आधिकारिक पेज चलाइरहेका व्यक्तिले पेजमार्फत नै च्यानल सुरु गर्न सक्नेछन् ।

च्यानल बनाएर पहिलो मेसेज पठाएपछि उक्त पेज फलो गरेका सबैले एकपटकका लागि त्यसमा जोडिने सम्बन्धी सूचना पाउँछन् । त्यस्तै त्यसमा जोडिन चाहने पनि पेजबाट सिधै जोडिन सक्नेछन्  । पब्लिक मेसेजिङ टुल कुनै पनि पेजमा हुने गतिविधिबारे अपडेट हुन उपयोगी हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १३:३