close

प्रयोगकर्ताको डेटा सङ्कलन गर्ने एपमा फेसबुक, इन्स्टाग्राम र थ्रेड्स अगाडि

टेकपाना टेकपाना

कात्तिक १२, २०८० १६:३६

प्रयोगकर्ताको डेटा सङ्कलन गर्ने एपमा फेसबुक, इन्स्टाग्राम र थ्रेड्स अगाडि

 

काठमाडौं । प्रयोगकर्ताको डेटा सङ्कलन गरी अन्य पक्षलाई वितरण गर्ने एपहरूमा मेटाका सामाजिक सञ्जाल प्लेटफर्म अगाडि देखिएका छन् । ‍द मन्डे मोङ्गर्सले हालै गरेको एक अनुसन्धानले इन्स्टाग्राम, फेसबुक,  थ्रेड्स र मेसेन्जरलाई डेटा सङ्कलन गर्ने प्रमुख एपका रुपमा देखाएको हाे ।

बढी डाउनलोड गरिएका सामाजिक सञ्जालका १०० एपमा गरिएको अनुसन्धानपछि यस्तो नतिजा आएको द मन्डे मोङ्गर्सले उल्लेख गरेकाे छ । प्रतिवेदन अनुसार प्रयोगकर्ताको डेटा सबैभन्दा बढी सङ्कलन गर्ने पाँच एपमा क्रमश: इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, मेसेन्जर र लिङ्क्डइन रहेका छन् ।

यी एपले औसतमा प्रयोगकर्ताबाट ८२ प्रतिशत डेटा सङ्कलन गर्ने पाइएको छ । 

 

प्रयोगकर्ताको बढी डेटा सङ्कल गर्ने २० एप   स्रोत: द मन्डे मोङ्गर्स

त्यस्तै डेटा सङ्कलन गर्ने एपमध्ये ५१ प्रतिशतले अन्य पक्षलाई ती डेटा वितरण (साझा) गर्ने र ७२ प्रतिशतले आफ्नै स्वार्थका लागि त्यसको प्रयाेग गर्ने गरेको देखिएको छ ।

विशेषगरी त्यस्ता एपले सङ्कलन गर्ने डेटामा प्रयोगकर्ताको व्यक्तिगत जानकारी बढी हुने पनि अनुसन्धानले बताएको छ । जसमा प्रयोगकर्ताको सम्पर्क, स्थान, स्वास्थ्य तथा वित्तीय विवरण आदि छन् ।

यसरी ठूलो मात्रामा प्रयोगकर्ताबाट डेटा सङ्कलन गर्दा गोपनीयता र सुरक्षाको खतरा बढ्ने अनुसन्धानको निष्कर्ष छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८० १६:३६