close

फोनपेले गर्‍यो एकै दिनमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबारको सेटलमेन्ट

टेकपाना टेकपाना

कात्तिक १३, २०८० १८:५४

फोनपेले गर्‍यो एकै दिनमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबारको सेटलमेन्ट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सेटलमेन्ट गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै असोज ३० गते उक्त उपलब्धि हासिल भएको जानकारी दिएको हो ।

२०१९ मा सेवा सञ्चालनमा ल्याएकाे फोनपेले प्रायः सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो  नेटवर्कमा आवद्ध गराएको छ । यसअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक क्यूआर प्रविधि भित्र्याएकाे हाे ।

''नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधालाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोन पे अगाडि रहेको छ । आज फोन पेले नेपालमा पीटूएम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९ प्रतिशत र पीटूपी (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२ प्रतिशतको बजार हिस्सा ओगटेको छ, कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १८:५४