close

एआई टुल सहित विन्डोज ११ मा आए १५० बढी फिचर

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १०:४४

एआई टुल सहित विन्डोज ११ मा आए १५० बढी फिचर

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ प्रयोगकर्ताहरूको लागि २०२३ को अपडेट (version 23H2) दिन सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि १५० भन्दा बढी नयाँ फिचरहरू सहित अपरेटिङ सिस्टममा नयाँ अपडेट दिन थालेको हो ।

यस अपडेटमा थपिएका अधिकांश फिचरमा एआई टुलहरू समावेश छन् । नयाँ अपडेटमा ओपनएआईको जीपीटी फोर एकीकृत गरिएको कोपाइलट हुने माइक्रोसफ्टले जनाएको छ ।

यसबाट विन्डोज व्यवस्थित गर्न, वेब पेज सारांश गर्न, लेखको खेस्रा तयार पार्न तथा सम्पादन गर्न र स्न्यापिङ टुल प्रयोग गरी फोटोको आकार घटबढ गर्न सकिने छ । त्यस्तै अपडेटपछि सिस्टममा नै हुने फोटो एपबाट ब्याकग्राउन्ड ब्लर गर्न सकिने, पेन्ट एपमा लेयर थप्न मिल्ने र फोटोको ब्याकग्राउन्ड हटाउनुका साथै सम्पादन गर्न सकिने छ ।

नयाँ अपडेटमा माइक्रोसफ्टले फोटो तथा भिडिओ सम्पादन गर्न एआईलाई विशेष प्राथमिकता दिएको छ । यसका लागि प्रयोगकर्ताले क्लिपच्याम्प (clipchamp) एप प्रयोग गर्न सक्नेछन् । त्यस्तै सुरक्षाका लागि नयाँ अपडेटले पासकी सपोर्ट गर्ने छ ।

साथै माइक्रोसफ्ट मेल एप आउटलुकमा पनि थप फिचर थपिएकका छन् । विन्डोज ११ को भर्सन २२ एच २ (version 22H2) प्रयोग गरिरहेका प्रयोगकर्ताले म्यानुअली नयाँ अपडेट गर्नसक्ने बताइएको छ ।

यसका लागि सेटिङमा गएर विन्डोज अपडेटमा जानु पर्नेछ । तर आगामी महिनाहरूमा प्रयोगकर्ताहरूले यो अपडेट स्वत: पाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १०:५०