close

नयाँ स्मार्टवाच र इयरबड ल्याउँदै अल्टिमा, सार्वजनिक हुने बित्तिकै खरिद गर्दा २ हजार छुट

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १३:२३

नयाँ स्मार्टवाच र इयरबड ल्याउँदै अल्टिमा, सार्वजनिक हुने बित्तिकै खरिद गर्दा २ हजार छुट

काठमाडौं । नेपाली कम्पनी अल्टिमा लाइफस्टाइलले आगामी सोमबार नयाँ स्मार्टवाच र इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले एमोलेड डिस्प्ले भएको स्मार्टवाच र न्वाइज क्यान्सिलेन फिचर भएको इयरबड सार्वजनिक गर्न लागेको हो ।

सार्वजनिक हुने बित्तिकै स्मार्टवाच र इयरबड खरिद गर्ने प्रयोगकर्तालाई कम्पनीले दुई हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । दुई हजार छुट पाउनआगामी आइतवार राति १२ बजेपछि दराजमा 'अल्टिमा वाच नोभा प्रो' (Ultima Watch Nova Pro) र 'अल्टिमा बुम १४१ एएनसी इयरबड' (Ultima Boom 141 ANC Earbud) सर्च गरेर खरिद गर्नुपर्ने हुन्छ ।  

कस्तो छ अल्टिमा वाच नोभा प्रो ?

अल्ट्रा २.०४ इन्च टीआरयू एमोलेड डिस्प्ले भएको अल्टिमा वाच नोभा प्रोमा ३६८*४४८ पिक्सेल रेजोलुसन छ । यसमा अल्वेज अन डिस्प्ले फिचर छ त्यसको ब्राइटनेस ८०० निट्स रहेको छ ।

ब्लुटुथु भर्सन ४.३ समावेश यो स्मार्टवाचमा फोन उठाउने, फोन काट्ने, कल रेकर्ड हेर्ने, कन्ट्याक्ट हेर्ने लगायतका सुविधा छन् ।

रियलटेक चिपसेटद्वारा सञ्चालित यस स्मार्टवाचमा सिङ्गलसिङ्क ब्लुटुथ कलिङ, इनबिल्ट माइक तथा स्पिकर, फास्ट डायलर जस्ता फिचर दिइएको छ ।

कम्पनीका अनुसार दिनभरि प्रयोग गर्न यसलाई १० मिनेट चार्ज गरे पुग्छ । तर, त्यसमा केही सर्तहरू छन् । त्यस्तै ब्लुटुथ कलिङका लागि मात्र प्रयोग गर्दा एक पटकको चार्जमा दुईदेखि तीन दिनसम्म र स्ट्यान्डबाई राख्दा सात दिनसम्म चार्ज टिक्ने कम्पनीको दाबी छ ।

यसका लागि कम्पनीले २५० एमएएच क्षमताको लिथियम पोलिमर ब्याट्री राखिएको छ । यसलाई एक घण्टामा फूल चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

आईपी ६८ रेटिङ पाएको यो स्मार्टवाचको वाटरप्रुफ लेभल ३० मिनेटसम्म एक मिटरसम्मको गहिराइ रहेको छ । तर, कम्पनीले यसलाई पौडी खेल्ने बेला प्रयोग नगर्न सुझाव दिएको छ ।

प्रयोगकर्ताले चालेको पाइला, दूरी र क्यालोरी बर्न मनिटर गर्ने सुविधा भएको यो स्मार्टवाचमा सयभन्दा बढी स्पोर्ट्स मोड रहेका छन् । २०० बढी वाच फेस भएको यो स्मार्टवाचले २४ घण्टा हर्ट रेट, अटोस्लिप ट्राय, एसपीओ टु मनिटर, स्ट्रेस मनिटरिङ, हर्टरेट वार्निङ, रिमाइन्डर मोड र फिमेल हेल्थ ट्रयाकिङ गर्ने कम्पनीले उल्लेख गरेको छ ।

त्यसबाहेक पनि यसमा क्यालकुलेटर, स्टपवाच, वेदर, अलार्म क्लक, फाइन्ड माई फोन, डीएनडी मोड, फ्ल्याशलाइट र रेज टु वेकअप फिचर समावेश छन् । यसलाई डाफिट एपमार्फत कनेक्ट गर्न सकिनेछ । बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहेको यो स्मार्टवाचमा कम्पनीले एक वर्षको वारेन्टी र सेल्स सपोर्ट पाइनेछ ।

आइतवार राति सबैभन्दा छिटो अर्डर गर्ने सीमित प्रयोगकर्ताले भने दुई हजार रुपैयाँ छुटमा खरिद गर्न सक्नेछन् ।

अल्टिमा बुम १४१ एएनसी इयरबड

कम्पनीले सार्वजनिक गर्न लागेको अर्को प्रडक्ट हो, 'अल्टिमा बुम १४१ एएनसी' इयरबड । ब्लुटुथ भर्सन ५.३ विथ हाइपर सिङ्क सुविधा भएको यो इयरबड एन्ड्रोइड, आईफोन र विन्डोजमा समेत प्रयोग गर्न सकिन्छ । यसले १० मिटरको रेञ्जसम्म अडियो सपोर्ट गर्ने कम्पनीले उल्लेख गरेको छ ।

३० डेसिबलसम्मको एक्टिभ न्वाइस क्यान्सिलेसन (एएनसी) सपोर्ट गर्ने यो इयरबडमा ट्रान्सपरेन्सी मोडसमेत रहेको छ । केससहित बडको ब्याट्रीको सन्दर्भमा एएनसी अफ गरेर ६० प्रतिशत भोल्युममा इयरबड प्रयोग गर्दा ४५ घण्टा र एएनसी अन गर्दा ३६ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ ।

त्यस्तै इयरबड मात्र एएनसी अफ गरेर ६० प्रतिशत भोल्युम राखेर प्रयोग गर्दा बड्स सात घण्टासम्म र एएनसी अन गरेर ६० प्रतिशतमा प्रयोग गर्दा साढे पाँच घण्टा ब्याट्री टिक्ने कम्पनीले जनाएको छ ।

केसलाई चार्ज गर्न एक घण्टा र इयरबड्सलाई ३० मिनेटमा फूल चार्ज गर्न सकिन्छ । टाइप-सी सपोर्ट गर्ने यो इयरबड्सले हरेक १० मिनेट चार्ज गर्दा १८० मिनेटसम्म प्रयोग गर्न सकिन्छ । गेम मोडमा यो इयरबड ४५ एमएस लो ल्याटेन्सीमा प्रयोग गर्न सकिन्छ ।

आईपीएक्स फाइभ वाटर रेसिस्टेन्ट रेटिङ पाएको यो इयरबडले गुगल र सिरी भ्वाइस असिस्टेन्ट सपोर्ट गर्ने कम्पनीले जनाएको छ । दुई इयरबडमा चार ओटा माइक समावेश छ ।

यसमा भएको सेन्सरमा टच गरेरै भोल्युम, म्युजिक र कल कन्ट्रोल गर्न सकिन्छ । छ महिनाको वारेन्टी रहेको यस इयरबडको मूल्य तीन हजार ४९९ रुपैयाँ रहेको छ । सार्वजनिक हुनासाथ खरिद गर्नेले १५०० छुटमा १९९९ रुपैयाँ तिरेर याे इयरबड लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १३:२७