close

वर्डप्रेस सम्बन्धी एक हप्ते निःशुल्क तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १७:४७

वर्डप्रेस सम्बन्धी एक हप्ते निःशुल्क तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

चितवन । अवसर एकेडेमीले एसडी टेकसँग सहकार्य गरेर एक हप्ता निःशुल्क आधारभूत वर्डप्रेस तालिम आयोजना गर्ने भएको छ । दशैं तिहारबीचको खाली समयलाई मध्यनजर गर्दै कम्पनीले भरतपुर चितवनमा रहेको एसडी टेकको कार्यालयमा भौतिक रूपमा तालिम आयोजना गर्ने भएको हो ।

जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन मिल्ने उक्त तालिम कात्तिक १९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । तालिम हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

सात दिनको तालिममा सहभागीलाई लोकल होस्टमा वर्डप्रेस इन्स्टल गर्न र वर्डप्रेसको आधारभूत विषयमा जानकारी दिने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै सहभागीले तालिमबाट डटकम डट एनपी कसरी दर्ता गर्ने, होस्टिङ कसरी लिने, सी प्यानल कसरी चलाउने, थिम कसरी कस्टमाइज गर्ने, वेबसाइटका लागि के-कस्ता प्लगइन आवश्यक पर्छन् अनि कसरी इन्टल गर्न सकिन्छ भन्ने विषयमा सिक्न पाउनेछन् ।

त्यसका साथै वर्डप्रेस वेबसाइटका लागि एसईओ कसरी गर्ने, वेबसाइट कसरी अप्टिमाइज गर्ने, कस्ता सुरक्षा रणनीति अपनाउने र अन्तिममा पर्सनल पोर्टफोलियो र ब्लगिङ प्रोजेक्टमा सक्रिय बनाउने कम्पनीले उल्लेख गरेको छ ।

उक्त तालिममा राम्रो नतिजा ल्याउने सहभागीले इन्टर्नशिपको अवसर पनि पाउनेछन् । तालिममा सहभागी हुनका लागि यहाँ क्लिक गरेर दर्ता गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १७:५३