close

आज हुने नेपाल र यूएईबीचको क्रिकेट खेलको सबै अनलाइन टिकेट बिक्री

टेकपाना टेकपाना

कात्तिक १७, २०८० ७:३९

आज हुने नेपाल र यूएईबीचको क्रिकेट खेलको सबै अनलाइन टिकेट बिक्री

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ एसिया छनोट अन्तर्गत आज हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको सेमिफाइनलश खेलका लागि निर्धारित सबै टिकेट बिक्री भएको छ ।

मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएको थियो । यसका लागि आइएमई पे वालेटबाट अनलाइन टिकेट खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको खेलका लागि सबै टिकेट बिक्री भएको जानकारी दिएको छ । 

क्यानले मैदानमा टिकट बुथ नहुने र सीमित संख्यामा मात्र अनलाइन टिकेट उपलब्ध गराइएको जनाएको छ । साथै दर्शकहरूलाई सकभर घरमै बसेर खेल हेर्न क्यानले अनुरोध गरेको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० ७:३९