काठमाडौं । भूकम्प पीडितहरूको नाममा इन्टरनेट अथवा अन्य माध्यमबाट आर्थिक सहयोग गर्दा सतर्क हुन नेपाल प्रहरीले अनुरोध गरेको छ । एक सूचना जारी गर्दै भूकम्प पीडितलाई सहयोग गर्दा नेपाल प्रहरीले इन्टरनेट स्क्यामर/एक्स्प्लोइटरहरूबाट सावधानी अपनाउन आग्रह गरेको हो ।
त्यसरी गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्थाहरू आधिकारिक हो/होइन निश्चित गरेर मात्र सहयोग गर्न प्रहरीले सतर्क गराएको छ । “भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला” प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
यस अगाडि भूकम्प प्रभावित जिल्लामा उद्धारकार्यमा सहज होस् भनेर सम्पर्क व्यक्तिहरूको नम्बर समेत प्रहरीले जारी गरेको छ । जाजरकोटको रामी डाँडालाई केन्द्रविन्दु बनाएर गएराति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम/पूर्वमा मानवीय तथा भौतिक क्षति पुगेको छ ।