close

भूकम्प पीडितका लागि एनसेलको ५० लाख सहयोग, ग्राहकलाई १५ दिनसम्म निःशुल्क डेटा, भ्वाइस र एसएमएस सेवा

टेकपाना टेकपाना

कात्तिक १८, २०८० १७:५५

भूकम्प पीडितका लागि एनसेलको ५० लाख सहयोग, ग्राहकलाई १५ दिनसम्म निःशुल्क डेटा, भ्वाइस र एसएमएस सेवा

काठमाडौं । शुक्रबार रातिको गएको विनाशकारी भूकम्पबाट पीडित क्षेत्रका व्यक्तिको उद्धार, उपचार र राहतमा सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई माेबाइल सेवाप्रदायक एनसेल आजियाटाले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै एनसेलले यसबारे जानकारी दिएको हो ।

योसँगै जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा रहेका एनसेलका ग्राहकलाई कम्पनीले ४० लाख रुपैयाँ बराबरको सेवासमेत निःशुल्क उपलब्ध गराउने भएको छ । यसअन्तर्गत ग्राहकले १५ दिनसम्म निःशुल्क डेटा, भ्वाइस र एसएमएस सेवा पाउनेछन् । यसरी उपलब्ध हुने सेवामा देशका अन्य नेटवर्क र विदेशमा समेत कल गर्न सकिने कम्पनीले जनाएकाे छ ।

याे कार्यले भूकम्पन प्रभावित जिल्लामा रहेका ग्राहकहरूलाई प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुग्ने एनसेलको भनाइ छ ।

त्यस्तै एनसेलले भूकम्पका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण, शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८० १८:१०