close

नेपाल प्रहरीले माग्यो यी पदमा प्राविधिक जनशक्ति, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

कात्तिक २१, २०८० १५:१

नेपाल प्रहरीले माग्यो यी पदमा प्राविधिक जनशक्ति, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा दरखास्त आव्हान गरेको छ । नेपाल प्रहरीको मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै प्राविधिकतर्फ प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकमा नयाँ भर्ना खुलाएको हो । 

सञ्चार निर्देशनालयतर्फ ३५,  सूचना प्रविधि निर्देशनालयतर्फ १६, भौतिक पूर्वाधार निर्देशनालयतर्फ ८, सवारी महाशाखा तर्फ ४, केनाईनतर्फ ३, हातहतियार मर्मत शाखा तर्फ १, प्रहरी अस्पतालतर्फ ६१ पदमा भर्ना खुलेको छ । 

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

यी कम्प्युटर/आईटी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, ईलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ लगायतका प्राविधिक विषय उत्तीर्णले आवेदन दिन सक्ने छन् । इच्छुक उम्मेदारले पुस ८ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

अनलाइनमार्फत आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८० १५:१