close

रंगोली मेकिङ प्रतियोगिता गर्दै स्प्यारो एसएमएस

टेकपाना टेकपाना

कात्तिक २१, २०८० १७:५०

रंगोली मेकिङ प्रतियोगिता गर्दै स्प्यारो एसएमएस

काठमाडाैं । बल्क एसएमएस सेवाप्रदायक स्प्याराे एसएमएसले खल्ती डिजिटल वालेटसँगको सहकार्यमा रंगोली मेकिङ प्रतियोगिता आयोजना गर्ने भएकाे छ । तिहारका लागि लक्षित गर्दै कम्पनीले पहिलाे पटक यस्ताे प्रतियाेगिता गर्न लागेकाे हाे ।

यसअन्तर्गत कुनै व्यवसाय तथा संस्थाले आफ्नो कार्यालयमा तिहार विशेष बनाइने उक्त रंगोलीलाई फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन, टिकटकजस्ता सामजिक सञ्जालमा #sparrowsms #sparrowrangoli ह्यासट्याग अनिवार्य प्रयोग गरी पोस्ट तथा शेयर गर्नुपर्ने हुन्छ ।

नोभेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरूलाई रचनात्मक, कलात्मक र धेरैभन्दा धेरै शेयर गरेको आधारमा सहभागीमध्ये एक समूहलाई विजेता घोषणा गरिने कम्पनीले जनाएकाे छ ।

विजेता समूहले नोभेम्बर २५ मा काठमाडाैंको हायात रेजेन्सी ग्राउन्डमा हुन लागेको भारतीय गायक अरिजित सिंहको साङ्गीतिक कन्सर्टको ४ वटा पास पाउने बताइएकाे छ ।

यस प्रतियोगीतामा व्यक्तिगत रूपमा भने सहभागी हुन नपाइने कम्पनीकाे भनाइ छ । सहभागी हुन कुनै कार्यालयमा आबद्ध हुनैपर्ने र रंगोली पनि कार्यालयमै समूहमा बनाएको हुनुपर्ने बताइएकाे छ ।

एकै कार्यलयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर भने सहभागी हुन पाउने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८० १७:५०