close

विद्यालय शिक्षकका लागि उपयोगी अनलाइन गाइडबुक, यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

कात्तिक २१, २०८० १८:१८

विद्यालय शिक्षकका लागि उपयोगी अनलाइन गाइडबुक, यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले शिक्षक निर्देशिका २०८० अनलाइनमा निःशुल्क उपलब्ध गराएको छ । शिक्षकका लागि उपयुक्त हुने ती पाठ्यक्रम सामग्री केन्द्रको वेबसाइटमा राखिएको छ ।

केन्द्रकी निर्देशक तथा सूचना अधिकारी कुन्ती अधिकारीका अनुसार वेबसाइटमा कक्षा १, २, २, ४, ६, ७ र ९ सम्मका विभिन्न विषयको शिक्षक निर्देशिका  समावेश गरिएको छ । कक्षा ५, ८ र १० को शिक्षक निर्देशिका चाँडै राख्ने याेजना छ ।

पीडीएफ संस्करणमा उपलब्ध ती फाइलमा पुस्तकको कुन पाठ कति समय कसरी पढाउने भन्ने जानकारी दिइएको छ । विशेषगरी नेपाली, गणित, हाम्रो सेरोफेरो, अङ्ग्रेजी र विज्ञान विषयका सामग्री समेटिएका छन् ।

शिक्षक निर्देशिकाका अनलाइन सामग्री यहाँ क्लिक गरेर वेबसाइटमा गई डाउनलोड गर्न सकिन्छ । लिङ्क खुलिसकेपछि त्यहाँ तल १, २ र ३ लेखिएका बटन देखिन्छन् ।

पहिलो र दोस्रो पेजमा क्रमशः १० ओटा विषय तथा तेस्रो पेजमा थप आठ ओटा विषयको डाउनलोड लिङ्क उपलब्ध गराइएको छ । शिक्षक वा विद्यार्थी आफैंले स्वअध्ययन गर्नका लागि पनि यी सामग्री डाउनलोड गर्न सक्नेछन् ।

त्यस्तै यहाँ क्लिक गरेर विद्यार्थीले आफ्ना पाठ्यक्रमका विभिन्न पुस्तक डाउनलोड गर्ने सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८० १८:१८