काठमाडौं । एसुसका लागि नेपालको आधिकारिक विक्रेता नियोटेरिक नेपालले सञ्चालनमा ल्याएको नियो स्टोरले धन्तेरसको अवसरमा एसुस ल्यापटप खरिद गर्ने प्रयोगकर्तालाई चाँदीको सिक्का दिने भएको छ ।
कम्पनीले मङ्गलवार एक विज्ञप्ति निकाल्दै खरिदकर्तालाई चाँदीको सिक्का र आकर्षक छुट दिने घोषणा गरेको हो ।
झम्सिखेल माइतीघर, न्युरोड र कमलादीमा रहेको नियो स्टोरको कुनै पनि आउटलेटबाट एसुस ल्यापटप खरिद गर्ने ग्राहकले चाँदीको सिक्का र छुट पाउनेछन् ।
एसुस जेनबुक सिरिज, एसुस टफ गेमिङ सिरिज र एसुस भिभोबुक सिरिज खरिदमा छुट र चाँदीको सिक्का पाइनेछ । कम्पनीले यो अफर सीमित अवधिका लागि सञ्चालनमा ल्याएको हो ।