काठमाडौँ । राजधानीको कमलपोखरीस्थित आईटी प्लाजामा जारी ‘आईटी प्लाजा महोत्सव’को म्याद आगामी शनिबार (१० मे २०२५) सम्म बढाइएको छ । महोत्सवमा ग्राहकको उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रिया आएको भन्दै व्यवस्थापन समितिले म्याद थप्ने निर्णय गरेको हो ।
आयोजकका अनुसार यस महोत्सवमा ८० प्रतिशतसम्मको छुट, रु. ५,५०० मूल्यको एमएसआई गेमिङ माउस रु. १,००० मा तथा पहिला आउने २० जनालाई निःशुल्क ल्यापटप सर्भिसिङ जस्ता अफरमा आकर्षण देखिएको छ ।
महोत्सवमा सहभागी ग्राहकका लागि फोटो बुथमार्फत फोटो खिची फेसबुकमा पोस्ट गर्ने योजनाअन्तर्गत हरेक दिन पाँच जनाले पुरस्कार जित्ने अवसर पनि छ ।
त्यस्तै कुनै पनि सामग्री खरिद गर्ने ग्राहकहरू ‘Acer Nitro V15’ ल्यापटप जित्न सक्ने बम्पर लक्की ड्र मा सहभागी हुनेछन् । कलेज विद्यार्थीहरूका लागि छुट्टै बम्पर उपहारमा ‘Acer Aspire Lite 14’ ल्यापटप राखिएको छ ।
विद्यार्थीहरूले कलेजमार्फत वितरण गरिएका कुपन ल्याएर आईटी प्लाजामा रहेको ड्रप बक्समा राखी लक्की ड्र मा सहभागी हुन सक्नेछन् । दुवै बम्पर उपहारहरू महोत्सवको अन्तिम दिन समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ ।