close

तिहारको बेला डिजिटल वालेटमा दैनिक २० पटकसम्म रकम लोड गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १५:३८

तिहारको बेला डिजिटल वालेटमा दैनिक २० पटकसम्म रकम लोड गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढाएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै बैंकले आजदेखि मंसिर ३ गतेसम्म वालेटमा ​कात्तिक २० पटकसम्म लोड गर्न सकिने जानकारी दिएको हो । यसअघि दैनिक १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियाे ।

“भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ. प्रा. निर्देशन नं. ५०७९ को बुँदा नं. ३ (२) मा रहेको प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा मिति २०५०/०७/२४ देखि २०८०/०८/०३ सम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरी उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कूल रकम यस विभागलाई जानकारी गराउनु हुन यो परिपत्र जारी गरिएको छ,” बैंकले सूचनामा लेखेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १६:१८