close

नेपालमै नवीनतम प्रविधि विकास गर्न चाहनेलाई नास्टले १० लाख सहयोग दिने

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १६:८

नेपालमै नवीनतम प्रविधि विकास गर्न चाहनेलाई नास्टले १० लाख सहयोग दिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपाललाइ आवश्यक पर्ने नवीनतम प्रविधि विकासका लागि प्रस्ताव माग गरेको छ । एक सूचना जारी गर्दै नास्टले आर्थिक वर्ष २०८०/८१ मा नेपाली युवाका नवीनता सहितको वैज्ञानिक प्रविधि विकास गर्न सहकार्य गर्ने कार्यक्रम अन्तर्गत यस्ताे प्रस्ताव माग गरेको हो ।

यस कार्यक्रममा नवीनतम् प्रविधि विकास गर्न वा प्रविधिहरूलाई सुधार गर्न चाहने व्यक्ति वा समूहले आवेदन दिन सक्नेछन् । प्रस्ताव पठाउँदा बढीमा १५ पृष्ठसम्मको हुनुपर्ने र त्यसमा नेपालीहरूको समस्याहरूलाई सम्बोधन गर्ने समाधान हुनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै प्रस्ताव पठाउँदा नागरिकताको प्रतिलिपि र व्यक्तिगत विवरण (बायोडेटा) पनि पठाउनुपर्ने छ ।

कार्यक्रममा व्यक्तिगत वा समूहगत तरिकाले सहभागी हुन सकिने छ । यसअन्तर्गत कृषि प्रविधि तथा यान्त्रिकीकरण, खाद्य प्रविधि, सूचना तथा प्रविधि, ऊर्जा तथा यातायात, सहरी विकास, उदीयमान प्रविधि लगायतका क्षेत्रमा रहेका समस्याहरूको समाधानको लागि आवश्यक पर्ने प्रविधिहरूको विकास गर्ने योजना पठाउन सकिने छ ।

समस्या अध्ययन गरी प्रतिवेदन मात्र पेस गर्ने प्रस्तावलाई कार्यक्रममा समावेश नगर्ने नास्टले जनाएको छ । यसरी छनोट भएका प्रस्तावहरूलाई काम गर्न नास्टले एक वर्षको समय र बढीमा १० लाख रुपैयाँ दिनेछ ।

प्रस्ताव पठाउने ढाँचाबारे जान्न यहाँ क्लिक गर्नुहाेस् । [email protected] अथवा [email protected] मा ईमेल गरी प्रस्ताव पठाउन सकिने छ ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १६:१०