close

तिहारमा हुनसक्ने अनलाइन ठगीबाट बच्न अपनाउनहोस् यस्ता उपाय

टेकपाना टेकपाना

कात्तिक २६, २०८० १४:२७

तिहारमा हुनसक्ने अनलाइन ठगीबाट बच्न अपनाउनहोस् यस्ता उपाय

काठमाडौं । नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहार सुरु भइसकेकाे छ । चाे चाडलाई उज्यालो, रमाइलो र खेलको पर्वका रूपमा पनि लिइन्छ । तर तिहारमा गरिने यिनै गतिविधिका आधारमा समाजमा अपराधका घटना पनि भइरहेका हुन्छन् ।

यसैबेला जुवातासमा मानिसहरूले यति हारे, यति पक्राउ गरे भन्ने समाचार तपाईंले सुन्नुभएकै होला । तर आजभोलि प्रविधिका कारण अवस्था फेरिएको छ । कतै बसेका अनलाइन स्क्यामर (ठग) वा ह्याकरले यस्तै चाडपर्वका बेलामा तपाईंलाई सजिलै फसाउन सक्छन् ।

अनलाइन स्क्यामरहरूले तिहारको शुभकामना पठाउने बहानामा ह्याकिङको पासोमा पार्न सक्छन् । सामान्यत: शुभकामनासँगै सामान्य काम गर्न लगाउने र त्यसबाट पैसा कमाउन सकिने अफरका रूपमा मेसेज पठाउन सक्छन् ।

स्क्यामरहरूले ठग्‍न विभिन्न उपायहरू लगाइरहेका हुन्छन् । विशेषगरी सामाजिक सञ्जालका साेझा प्रयोगकर्ताहरूलाई उनीहरूले पैसा वा उपहारको नाममा ठग्न खोजिरहेका हुन्छन् । तर केही सजगता अपनाउँदा अनलाइनबाट हुने त्यस्ता ठगीबाट बच्न सकिन्छ । आज हामी चाडबाडको समयमा हुने त्यस्ता अनलाइन ठगीबाट बच्ने उपायबारे जानकारी दिँदैछौं:

-सामाजिक सञ्जालमा आउने फ्रेन्ड रिक्वेस्ट तपाईंले चिनेका व्यक्तिका छन् भने मात्र एसेप्ट गर्नुहोस् । अथवा, अन्य विकल्प प्रयोग गरेर प्रमाणित गरेपछि मात्र एसेप्ट गर्नुहोस् ।

-अपरिचित वा शङ्का लागेका व्यक्तिबाट आएका लिङ्क वा डाउनलोड गर्नुपर्ने फाइलको लिङ्कमा क्लिक नगर्नुहोस् । पुरस्कार, पैसा वा अवसरका नाममा आएका कुनै पनि मेसेजमा प्रतिक्रिया नदिनुहोस् ।

-तपाईंको मोबाइल नम्बरमा आएका ओटीपी नम्बर अन्य वा अपरिचित व्यक्तिलाई कहिल्यै पनि नदिनुहोस् ।

-आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा टु स्टेप भेरिफिकेसन अन गर्नुहोस् । यसले अकाउन्टलाई अतिरिक्त सुरक्षा प्रदान गर्छ । 

-तपाईंले चलाउने सामाजिक सञ्जालको पछिल्लो भर्सन अपडेट गर्नुहोस् । अकाउन्टमा आफ्नो प्रोफाइल इन्फर्मेसन, स्टेटस अपडेट, लास्ट सीन जस्ता विवरण आफू अनुकूल मिलाउनुहोस् ।

-अपरिचित अनलाइन स्रोत वा व्यक्तिसँग आफ्नो व्यक्तिगत तथा आर्थिक विवरण शेयर नगर्नुहोस् । 

-स्क्यामर जस्तो लागे ती अकाउन्ट रिपोर्ट गर्नुहोस् । त्यसले कम्पनीलाई सम्भावित स्क्यामरविरुद्ध कदम चाल्न सहयोग गर्छ । 

-तपाईंले प्रयोग गर्ने ब्राउजर अपडेट गरिरहनुहोस् । तिनमा हुने सेफ ब्राउजिङ फिचर प्रयोग गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८० १४:३७