close

६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

टेकपाना टेकपाना

मंसिर ९, २०८० १५:३९

६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

काठमाडौं । नेपाली बजारमा हालै भिभोले भी सिरिजका स्मार्टफोन उपलब्ध गराएकाे छ । यसअन्तर्गत  'भिभो भी २९ ई' र  'भिभो भी २९' गरी दुई फाइभजी माेडेल रहेका छन् । 

कस्ताे छ भिभो भी २९ ई ?

यस फोनमा १२० हर्जको एमोलेड डिस्प्ले दिइएको छ । फोनमा फुल एचडी रेजोलुसन (२४००×१०८०) को ६.६७ इन्चको स्क्रिन छ । ​भिभोको यस फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ६४ एमपी, ८ एमपीको अल्ट्रावाइड र ५० एमपीको सेल्फी क्यामेरा दिइएकाे छ । ​

फोनमा अटोफोकस र हाई रेजोलुसन सेन्सर भएकाले उत्कृष्ट फोटो, भ्लग तथा भिडिओहरू खिच्न सकिने कम्पनीको भनाइ छ । त्यस्तै फोनमा प्रोसेसर क्वालकम स्न्यापड्रागन ६९५ राखिएको छ । यसले गर्दा फोन ल्याग-फी हुने कम्पनीको दाबी छ ।

यता ब्याट्री ४८०० एमएएच क्षमताको रहेको छ, जसलाई चार्ज गर्न ४४ वाटको फ्ल्यास चार्जर दिइएको छ । साथै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता भएको फोनमा थप ८ जीबी र्‍याम बढाउन समेत सकिन्छ ।

यो फोन नेपाली बजारमा रोज गोल्ड र फरेस्ट ब्ल्याक गरी दुई ओटा रङमा उपलब्ध हुनेछ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ४२,९९९ रुपैयाँ रहेको छ ।

कस्ताे छ भिभो भी २९ ?

भिभो भी २९ फाइभजी स्मार्टफाेनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । याे फाेनमा उद्योगकै पहिलो “इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल” प्रविधि प्रयोग गरिएको छ । यस फोनमा पनि १२० हर्जको एमोलेड डिस्प्ले दिइएको छ ।

भी२९ फाइभजी मा क्वालकम स्न्यापड्रागन ७७८ प्रोसेसर रहेको छ, जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । यो १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भरियन्टका साथ आउँछ ।  

यो फोन ५० मेगापिक्सेलको ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड–एंगल क्यामेरा र २ मेगापिक्सेलको मोनोक्रोम क्यामेरा रहेको छ । ​फाेनमा ४६०० एमएएच ब्याट्री र ८० वाटको फ्ल्याशचार्ज रहेको छ । 

डिजाइन, फोटोग्राफी, पर्फर्मेन्स, र ब्याट्री लाइफमा उत्कृष्ट भएको स्मार्टफोन खोज्नेहरूका लागि याे फाेन राम्राे विकल्प हुने कम्पनीकाे भनाइ छ ।

नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ५९,९९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० १६:२६