close

नेपालमा बेलायती विश्वविद्यालयको एआई कोर्ष पढाउँदै सफ्टवेरिका

टेकपाना टेकपाना

मंसिर १२, २०८० ९:३७

नेपालमा बेलायती विश्वविद्यालयको एआई कोर्ष पढाउँदै सफ्टवेरिका

काठमाडौं । सफ्टजेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले यस शैक्षिक सत्रबाट स्नातक तहमा नयाँ आईटी कोर्ष पढाउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजले ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

तीन वर्षे (६ सेमेस्टर) ३६० क्रेडिट आवरको यो कोर्षमा कम्प्युटर साइन्सको आधारभूत र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को स्पेसिफिक विषय पढाइ हुने कलेजले जनाएको छ । यसका लागि कोर्षमा इन्टेलिजेन्ट एजेन्ट, न्यूरल नेटवर्क, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेसन, डेटा साइन्स, एड्भान्स एल्गोरिदम, थ्यौरी अफ कम्पिटिसन लगायतका विषय छन् ।

यसका साथै एआईको क्षेत्रमा विज्ञता हासिल गराउने उद्देश्यले प्रत्येक समेस्टरमा परियोजना राखिएको कलेजले जनाएको छ । कलेज प्रमुख प्रमोद पौडेलका अनुसार कम्प्युटर साइन्ससँगै एआईको क्षेत्रमा विशेषज्ञता लिन खोजिरहेका विद्यार्थीका लागि यो कोर्ष उपयुक्त हुन्छ । “आईटीका दुई ओटा क्षेत्र कम्प्युटर र एआईलाई मिलाएर यो कोर्ष बनाइएको छ । तर एआईमा विशेष जोड दिइएको छ,” उनले भने । 

कोर्षमा भर्ना हुन इच्छुक विद्यार्थीले कक्षा १२ मा न्यूनतम २.० जीपीए अथवा ए लेभल न्यूनतम ३.५ क्रेडिट ल्याएको हुनुपर्ने छ । कोर्ष उत्तीर्णपछि विद्यार्थीहरू एआई सफ्टवेयर डेभलपर, एआई रिसर्चर, डेटा इन्जिनियर, डेटा साइन्टिस्ट आदि बन्न सक्नेछन् ।

कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० ९:३७