close

के हो फेसबुक मेसेन्जर र इन्स्टाग्राममा आएको ‘नोट्स’ फिचर, कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

मंसिर १४, २०८० ९:६

के हो फेसबुक मेसेन्जर र इन्स्टाग्राममा आएको ‘नोट्स’ फिचर, कसरी प्रयोग गर्ने ?

काठमाडौं ।  पछिल्लो समय मेसेन्जर र इन्स्टाग्राममा एड भएका व्यक्तिको प्रोफाइलमाथि टेक्स्ट देखिन थालेको छ । नेपालको क्षेत्रमा हालै मात्र उपलब्ध भएको मेटाको ‘नोट्स’ फिचर प्रयोग गरी आफ्नो प्रोफाइलको माथि टेक्स्ट राख्न सकिन्छ । 

मेटाले गत डिसेम्बरमै इन्स्टाग्राम र मेसेन्जरका लागि ‘नोट्स’ फिचर ल्याउने घोषणा गरेको थियो । यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफूलाई लागेको कुरा शब्दका रूपमा राख्न सक्छन् ।

६० क्यारेक्टरको टेक्स्ट राख्न सकिने नोट्स २४ घण्टासम्मका लागि प्रोफाइलमा देखिन्छ । जसरी स्टोरीमा रिप्लाई गर्न सकिन्छ, त्यसरी नै नाेट्समा पनि रिप्लाई गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

प्रयोगकर्ताले उक्त नोट्स कसलाई कसलाई देखाउने भन्ने अप्सन छान्न सक्छन् । विशेषगरी इन्स्टाग्राममा प्रयोगकर्ताले आफूले राखेको नोट्स फलो गरेकाले देख्न पाउने वा आफूले फलोब्याक दिएकाले मात्र हेर्न पाउने कि क्लोज फ्रेन्ड्सले मात्र देख्न पाउने भन्ने छान्न सक्छन् । प्रयोगकर्तालाई यी प्लेटफर्ममा कुरा सुरुवात गर्न सघाउने लक्ष्यले कम्पनीले यो फिचरको सुरु गरेको ब्लगमा उल्लेख गरेको छ । 

कसरी प्रयोग गर्ने नोट्स फिचर ?

हाल इन्स्टाग्राम र मेसेन्जरमा उपलब्ध नोट्स फिचर मोबाइल एपमा मात्र उपलब्ध छ । मेसेन्जरमा नोट्स लेख्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले आफ्नो फोनमा मेसेन्जर खोल्नुहोस् । 

-अनि माथि आफ्नो प्रोफाइल रहेको ठाउँमा देखिने प्लस (+) को आइकनमा ट्याप गर्नुहोस् । 

-त्यसपछि आफूले नोट्समा लेख्न चाहेका कुराहरू ६० क्यारेक्टरमा टाइप गर्नुहोस् । 

- अनि माथि दायाँपट्टि रहेको ‘शेयर’को बटनमा ट्याप गर्नुहोस् । 

यति गर्नुभयो भने नोट्स शेयर हुन्छ । त्यसलाई डिलिट गर्नुपर्यो वा अर्को नोट्स शेयर गर्नुपर्‍यो भने पहिले जसरी प्रोफाइलको आईकनमा ट्याप गरेर नयाँ नोट्स शेयर गर्न वा डिलिट गर्न सक्नुहुन्छ । 

इन्स्टाग्राममा नोट्स कसरी शेयर गर्ने ?

इन्स्टाग्राममा नोट्स शेयर गर्नका लागि सबैभन्दा पहिले फोनमा इन्स्टाग्राम एप खोल्नुहोस् । 

  • त्यसपछि तल रहेको प्सलको आइकनमा ट्याप गर्नुहोस् । 

  • अनि ‘पोस्ट’, ‘स्टोरी’, ‘रिल’, ‘लाइभ’ र ‘नोट’ अप्सन देखिन्छ । त्यहाँ रहेको नोटको अप्सनमा ट्याप गर्नुहोस् । 

  • यति गरिसकेपछि आफूलाई लागेको कुरा टेक्स्ट वा ईमोजीका रूपमा टाइप गरेर शेयर गर्नुहोस् ।  

 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० ९:६