close

ह्वाट्सएपमार्फत पठाएको फोटो/भिडिओ एक पटक मात्र हेर्न मिल्ने फिचर अब डेस्कटपमा पनि

टेकपाना टेकपाना

मंसिर १४, २०८० १५:०

ह्वाट्सएपमार्फत पठाएको फोटो/भिडिओ एक पटक मात्र हेर्न मिल्ने फिचर अब डेस्कटपमा पनि

काठमाडौं । मेटाले ह्वाट्सएपको डेस्कटप तथा वेब भर्सनमा 'भ्यु वान्स' फिचर पुनः थपेको छ । यसअघि उक्त फिचरमा बग (कमजाेरी) देखिएपछि कम्पनीले हटाएकाे थियाे । मोबाइल एपमा भने सन् २०२२ देखि नै याे फिचर उपलब्ध छ ।

यस फिचर प्रयोग गरेर पठाइएको फोटो तथा भिडिओ अन्य प्रयोगकर्ताले सेभ गर्न सक्दैनन् । प्रयोगकर्ताले एक पटक उक्त फोटो/भिडिओ हेरिसकेपछि ती स्वत: डिलिट हुनेछन् । त्यसले गर्दा संवेदनशील सामग्रीहरूलाई अन्य प्रयोगकर्ताले हेर्न नपाउने अथवा तिनमा पहुँच नपाउने कम्पनीकाे भनाइ छ ।

त्यस्तै मेसेज पठाइएका प्रयोगकर्ताले १४ दिनसम्म ती फोटो/भिडिओ खोलेर हेरेनन् भने स्वत: डिलिट हुनेछ । यसका साथै ह्वाट्सएपको पछिल्लो भर्सनमा ती फोटो/भिडिओको स्क्रिनशट ‍गर्न सकिँदैन ।

विन्डोज तथा म्याक ओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुने यो फिचर प्रयोग गर्न तलको तरिका अपनाउन सकिन्छ:

-सबैभन्दा सुरुमा वेबमा अथवा डेस्कटपमा ह्वाट्सएप खोल्नुहोस् । 

-मेसेज बक्समा ‘अट्याचमेन्ट आइकन’मा क्लिक गरेर फोटो/भिडिओ छनोट गर्नहोस् । 

-अब उक्त फोटोसँगै तल अङ्ग्रेजी वन (1) देखा पर्छ । त्यसमा क्लिक गरेर आउने विकल्पमा ओके (Ok) थिच्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १८:१४