close

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक पड्कियो

टेकपाना टेकपाना

मंसिर १७, २०८० १३:५९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक पड्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक पड्किएको छ । आइतवार दिउँसो करिब पौने १ बजेतिर झोलामा रहेको पावर बैंक पड्किँदा सामान्य क्षति भएको छ ।

यस विषयमा टेकपानासँग कुरा गर्दै एक ड्युटी अफिसरले भने, “विदेशी यात्रुले पावर बैंक प्रयोग गरेर ल्यापटप चलाइरहनु भएको थियो । त्यही बेला पावर बैंक पड्किएको हो । एकैछिनमा अवस्था सामान्य भयो ।”

 यस्तै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै लगेजमा पावर बैंक राख्न नदिने गरेको उनले सुनाए । “ह्यान्ड ब्यागमा राख्दा पनि सजगता अपनाउनुपर्छ,” उनले भने, “यसबाट केही दुर्घटना भएको छैन ।”

पावर बैंकमा भएको त्रुटिका कारण पड्किएको हुनसक्ने उनले सुनाए ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० १३:५९