close

आईफोन १४ प्रो म्याक्स भित्र के-के हुन्छ?

टेकपाना टेकपाना

मंसिर १९, २०८० ९:२५

आईफोन १४ प्रो म्याक्स भित्र के-के हुन्छ?

काठमाडौं । बिग्रेका फोन तथा ल्यापटप मर्मत गर्न सिकाउने ठाउँ अहिले नेपालमा प्रशस्तै छन् । तीमध्ये एलायन्स प्रा.लि. एक हो । यसका प्रबन्धक हुन् दीपक पोखरेल । उनी आफूले प्रशिक्षण दिएको ३०० बढीले मोबाइल मर्मत केन्द्र  सञ्चालन गरिरहेका दाबी गर्छन् । त्यस्तै, मोबाइल मर्मतको क्षेत्रमा आएका नयाँ प्रविधि तथा तरिका सिक्न आफूले नियमित रूपमा तालिम लिइरहने पनि उनी बताउँछन् ।​​


उनै पोखरेलले जिज्ञासुका लागि आईफोन भित्र के हुन्छ भनेर टेकपाना भिडिओमा देखाएका छन् । यो भिडियोमा विभिन्न मोडलका आइफोनको भित्रि डिजाइन कस्ता हुन्छन् भनेर हेर्न सकिन्छ । आइफोन भित्र रहने कुन भागले के काम गर्छ भन्ने बारेमा पनि जानकारी भिडियोमा पाउन सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १०:१५