काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलकाे शेयर खरिद बिक्री राेक्न निर्देशन दिएकाे छ । बुधबार एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी सहित छलफल गरेपछि समितिले उक्त निर्देशन दिएकाे हाे ।
हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत शेयरको खरिद विक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नु पर्ने नभएकोले अनुसन्धान गरी निष्कर्षमा नपुगुञ्जेल यस शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) समितिले निर्देशन दिएकाे छ ।
लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन पनि दिएको छ । साथै यस शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण सम्बन्धमा ४८ घण्टाभित्र धारणा राख्न समितिले सरकारलाई निर्देशन दिएकाे छ ।
हेर्नुहाेस् समितिकाे निर्णयः


पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १७:५१
