close

एनसेलको सेयर खरिदबिक्री छानविन गर्न उच्चस्तरीय समिति गठन, एक महिनाभित्र प्रतिवेदन दिनुपर्ने

टेकपाना टेकपाना

मंसिर २१, २०८० ११:१३

एनसेलको सेयर खरिदबिक्री छानविन गर्न उच्चस्तरीय समिति गठन, एक महिनाभित्र प्रतिवेदन दिनुपर्ने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा अध्ययन तथा छानवीन गर्न सरकारले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्री मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिस रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भणडारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सस्था(आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहनेछन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गरेर आजियटा समूह बाहिरिएपछी न्यून मूल्याकंन गरेर कर छली भएको आशङ्कासहित यो विषय सार्वजनिक चासो बनेको छ । टेलियासोनेरासङ्ग १ अर्ब ३ करोड डलरमा ८० प्रतिशत स्वामित्व खरिद गरेको आजियटाले ५ करोड डलरमा आफ्नो सेयर बिक्री गरेको जनाएको थियो ।

एनसेलको उक्त सेयर नेपाली मुलका सिङापुरका नागरिक सतिशलाल आचार्यले खरिद गरेका छन् । बेलायतमा दुई महिना अघि एक डलरमा स्पेक्ट्रलाइट युके नामक कम्पनी दर्ता गरेर सोही कम्पनीमार्फत आचार्यले सेयर खरिद गरेका हुन ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० ११:१३