close

आईफोन एसेम्बल गर्न भारतमा ठूलो कारखाना खोल्दै टाटा ग्रुप, ५० हजारलाई रोजगारी दिने

टेकपाना टेकपाना

मंसिर २२, २०८० १९:४४

आईफोन एसेम्बल गर्न भारतमा ठूलो कारखाना खोल्दै टाटा ग्रुप, ५० हजारलाई रोजगारी दिने

काठमाडौं । टाटा ग्रुपले भारतमा सबैभन्दा ठूलो आईफोन एसेम्ब्ली प्लान्ट बनाउने भएको छ । ब्लुमबर्गका अनुसार तमिलनाडुको होसुरमा रहने गरी टाटाले प्लान्ट बनाउन लागेको हो । भारतमा एप्पलको उत्पादनका लागि आवश्यक पर्ने उक्त प्लान्ट १२ देखि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने टाटा ग्रुपकाे याेजना छ ।

यसमा २० ओटा एसेम्बली लाइन निर्माण गर्ने र ५० हजार बढीलाई रोजगारी दिइने समेत बताइएको छ । टाटा ग्रुपले भारतमा एप्पल उत्पादन गर्न पाँच हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घाेषणा गरेकाे थियाे । साथै तामिलनाडु औद्याेगिक विकास कर्पोरेसन टिड्कोबाट ५०० एकड जमिन समेत प्राप्त गरिसकेकाे छ ।

त्यस्तै आईफोन उत्पादनबाहेक टाटा ग्रुपले एप्पलका सामग्री पाइने सयभन्दा बढी रिटेल स्टोर समेत खोल्ने जनाएको छ । यसले भारतमा एप्पलको उपस्थिति अझै बलियो बनाउने बताइएको छ । गत वर्ष मात्रै भारतले सात अर्ब डलरभन्दा बढी मूल्यका आईफोनहरू एसेम्बल गरेको थियो । त्यसले आईफोन उत्पादनमा भारतको हिस्सा सात प्रतिशत बढाएको बताइन्छ ।

पछिल्लो समयमा आपूर्ति श्रृंखला विविधीकरण गर्न र चीनमाथिको निर्भरता घटाउन एप्पलले भारतीय कम्पनीहरूसँग आफ्नो साझेदारी बढाइरहेको छ । यसअन्तर्गत नै टाटा ग्रुप एप्पलसँग जोडिएको हो । एप्पलले भारतमा विस्ट्रोन कर्पोरेशनसँग पनि साझेदारी गरेको थियो, जसले कर्नाटकमा आईफोन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १९:४४