close

टिभीमा युट्युब हेर्दा अब थोरै, तर लामो विज्ञापन भिडिओ देखिने

टेकपाना टेकपाना

मंसिर ३०, २०८० २१:२७

टिभीमा युट्युब हेर्दा अब थोरै, तर लामो विज्ञापन भिडिओ देखिने

काठमाडौं । गुगलले एन्ड्राेइड टिभीमा युट्युब हेर्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम, तर लामो समयको विज्ञापन भिडिओ देखाउने भएको छ । यसअघि युट्युबमा छोटा विज्ञापन धेरै पटक देखिने गरेकाे थियाे ।

गत सेप्टेम्बरदेखि गुगलले लामो समयका विज्ञापन देखाउने फिचरको परीक्षण थालेको थियो । अहिले कम्पनीले यो सुविधा अन्य प्रयोगकर्तालाई पनि उपलब्ध गराउन थालेको छ । यसको अर्थ अब भिडिओको तलपट्टि नयाँ स्टाइलको काउन्टडाउन अप्सन देखिनेछ । त्यसमा विज्ञापन कति समयपछि स्किप गर्न सकिन्छ भन्ने देखिन्छ ।

युट्युबले सार्वजनिक गरेको गिफ फाइलमा विज्ञापन भिडिओलाई ५० सेकेन्डमा स्किप गर्न सकिन्छ भनिएको छ । भिडिओ स्किप गर्ने समय आएको थाहा होस् भन्नका लागि फोनमै नोटिफिकेसन पनि पठाउन सकिन्छ ।

यसअघि युट्युब भिडिओमा विज्ञापन आएको बेला कति ओटा विज्ञापन भिडिओ आउँछन्, त्यसको सङ्ख्या उल्लेख गरिएको हुन्थ्यो । अहिले भने थोरै, तर लामो समयका विज्ञापन देखाउने युट्युबको योजना छ । त्यससँगै अब शर्ट्समा पनि विज्ञापन देखिने छ । त्यस्ता विज्ञापनलाई रिमोटको सहायताले स्किप गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १४:८