close

ईभी ब्राण्ड सेरेसको नयाँ शोरुम पोखरामा

टेकपाना टेकपाना

मंसिर ३०, २०८० २१:४८

ईभी ब्राण्ड सेरेसको नयाँ शोरुम पोखरामा

पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले पोखराको नागढुंगामा आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो ।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० २१:४८