काठमाडौं । अमेरिकी कम्पनी माइस्ट्रो एनालिटिक्सले नेपालमा आफ्नो फ्ल्यागशिप सफ्टवेयर भित्र्याएको छ । शुक्रबार एक कार्यक्रम गर्दै कम्पनीले ईएलटी माइस्ट्रो (ELTMaestro) नामक सफ्टवेयर भित्र्याएको हो ।
यस सफ्टवेयरले प्रयोगकर्तालाई डेटा पाइपलाइन निर्माण गर्न र एआई तथा मेसिन लर्निङ प्रविधि प्रयोग गरेर ग्राफिकल इन्टरफेस उपलब्ध गराउने कम्पनीले बताएको छ ।
त्यस्तै डेटा व्यवस्थापन र बिजनेस इन्टेलिजेन्सको विश्वभर अपनाइएका उत्कृष्ट अभ्यासहरू अपनाउन 'बिजनेस इन्टेलिजेन्स क्याम्पेन' को उद्घाटन समेत गरिएको छ । यस क्याम्पेनमा पहिलेदेखि नै नेपालका प्रमुख कम्पनी र सरकारी निकायहरू आबद्ध भएको कम्पनीले जनाएको छ ।
साथै यो अभियान सफल भए नेपाली कम्पनी र संस्थाहरूले बिजनेस इन्टेलिजेन्स लिडरशिपमा फड्को मार्ने माइस्ट्रो एनालिटिक्सकाे भनाइ छ । अमेरिकाको बोस्टनमा आधारित यो कम्पनीले आफ्ना ग्राहकहरूलाई बिजनेस इन्टेलिजेन्स र एआई सोलुसन उपलब्ध गराउँदै आएको छ ।