काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले बजारमा ‘एटम ८२०’ माेडेलकाे इयरबड उपलब्ध गराउने भएकाे छ । कम्पनीले आउँदो मंगलबारदेखि ईकर्मस प्लेटफर्म दराजमार्फत याे वायरलेस इयरबड बिक्री गर्न लागेकाे हाे ।
कम्पनीले यसअगाडि अल्टिमा एक्सचेन्ज मेलामा पहिलो पटक यो इयरबड बजारमा ल्याएको थियो । त्यस समयमा एक्सचेन्ज गर्ने उद्देश्यले मात्र बजार ल्याएको, तर माग बढी भएपछि बिक्रीका लागि पुनः इयरबड ल्याउन लागेकाे कम्पनीले जनाएको छ ।
दराजमा सार्वजनिक हुँदा ग्राहकले ११ सय छुट पाउनेछन् । बजार मूल्य २,९९९ रुपैयाँ पर्ने यस इयरबडलाई ग्राहकले १,८९९ रुपैयाँमा किन्नसक्ने कम्पनीको भनाइ छ । दराजमा याे अफर २३ डिसेम्बरसम्म रहने कम्पनीले जनाएको छ । उक्त मितिपछि भने अन्य ईकमर्स प्लेटफर्म तथा भौतिक पसलमा इयरबड उपलब्ध हुने कम्पनीले बताएको छ ।
१० मिटरसम्मको ब्लुटुथ रेञ्ज भएको यो इयरबडमा ब्लुटुथ भर्सन ५.३ रहेको छ । केसमा ३५० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने इयरबडमा ३५/३५ एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसले १० मिनेटको चार्जमा १५० मिनेटको प्लेब्याक दिने कम्पनीको दाबी छ ।
आईपीएक्स फाइभ रेटिङ भएको यो इयरबडले गुगल र सिरी भ्वाइस असिस्टेन्ट सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।