close

एनआईसी एसिया बैंकलाई पेमेन्ट्स एक्सिलेन्स अवार्ड

टेकपाना टेकपाना

पुस ७, २०८० १४:४५

एनआईसी एसिया बैंकलाई पेमेन्ट्स एक्सिलेन्स अवार्ड

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेको भन्दै एनआईसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरशिप कन्क्लेभ नेपाल २०२३’ मा एनआईसी बैंकले ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ विधामा अवार्ड जितेको हो ।

बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरूबाट आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यसबाट बैंकले ईकमर्स, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यावसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई सेवा उपलब्ध गराएको छ । 

पछिल्लो अध्यावधिक: पुस ७, २०८० १४:४५