close

चैतभित्र सबै सरकारी कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू हुन्छः प्रचण्ड

टेकपाना टेकपाना

पुस १०, २०८० १७:३५

चैतभित्र सबै सरकारी कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू हुन्छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चैतभित्र सबै सरकारी कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चैतभित्र सबै कार्यालयमा सूचना प्रविधिमा आधारित एकीकृत व्यवस्थापन प्रणाली लागू हुने उल्लेख गरे । 

यस प्रणालीमार्फत कार्यालयमा टिप्पणी, तोक आदेश दिने, दर्ता तथा चलानी, व्यवस्थित अभिलेख राख्ने, विद्युतीय हाजिर, बिदा, काजसम्बन्धी कार्य र सोको व्यवस्थापन गर्ने एउटै प्रकृतिका कार्य गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै कार्यसम्पादन मूल्याङ्कन, पत्रको ढाँचा तयार गरी पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमाना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति विवरण भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, अनुगमन गर्ने लगायतका याेजना छन् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १७:४५