close

एक वर्षमै ७०० प्रतिशतले बढ्यो नेपाली ब्राण्ड अल्टिमाको व्यापार

टेकपाना टेकपाना

पुस ११, २०८० १२:५८

एक वर्षमै ७०० प्रतिशतले बढ्यो नेपाली ब्राण्ड अल्टिमाको व्यापार

काठमाडौं । अल्टिमा लाइफस्टाइल सबैभन्दा छिटो कारोबार वृद्धि गर्ने नेपाली एक्सेसरिज ब्रान्ड बनेको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले व्यापार वृद्धि गरी अल्टिमाले उक्त रेकर्ड कायम गरेको हो ।

यस अन्तर्गत अल्टिमाले 'दराज सेलर समिट २०२३’ मा दराजबाट 'सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ । कम्पनीको उल्लेखनीय बिक्री आँकडा, ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरको कारणलाई मूल्याङ्कन गर्दै दराजले यो अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ ।

अल्टिमा लाइफस्टाइले सन् २०२३ मा दराजमा प्रभावशाली २६ हजारभन्दा बढी अर्डर प्राप्त गरेको थियो । नोभेम्बर महिनामा मात्र कम्पनीले १३ हजार बढी अर्डर प्राप्त गरेको दाबी गरेको छ । अल्टिमाले सन् २०२२ फेब्रुअरीदेखि दराज यात्रा सुरु गरेको थियो भने २०२३ देखि आफ्नो आधिकारिक वेबसाइट सुरु गरेको थियो ।

यो अवधिमा अल्टिमाले सबै विधामा १९ हजारभन्दा बढी बिक्रेताहरूमध्ये आफू उत्कृष्ट रहेको जनाएको छ । २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५०० प्रतिशतभन्दा बढी बिक्री वृद्धि गर्ने अपेक्षा गरेको छ । २०२४ मा कम्पनीले टीडब्लूएस, स्मार्टवाच, पावरबैंक र स्पिकर तथा अन्य एक्सेसरिजको प्रिमियम मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ ।

कम्पनीका ब्रान्ड म्यानेजर अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन् । २०२४ को सुरुवातमै पहिलो नयाँ सार्वजनिक गरिने र अल्टिमा लाइफस्टाइलको बहुप्रतिक्षित अल्टिमा एक्सचेन्ज मेला २.० सहित २० भन्दा बढी आधिकारिक स्टोर र केही रोमाञ्चक अनलाइन र अफलाइन मेलाहरू पनि गरिने गुप्ताको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १३:३९