close

४१ हजार मूल्यमा नेपाली बजार भित्रियो सामसङ ग्यालेक्सी ए२५ फाइभजी स्मार्टफोन

टेकपाना टेकपाना

पुस १३, २०८० ९:३६

४१ हजार मूल्यमा नेपाली बजार भित्रियो सामसङ ग्यालेक्सी ए२५ फाइभजी स्मार्टफोन

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए२५ फाइभजी स्मार्टफोन भित्रिएको छ । फुल एचडी प्लस रेजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सुपर एमोलेड स्क्रिन रहेको यो फोनले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्छ ।

फोनमा ओआईएस र भीडीआईएसयुक्त ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई स्थिर, धमिलोरहित फोटो र भिडिओ खिच्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

यसका साथै यसमा ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामरा र २ मेगापिक्सेल म्याक्रो क्यामरा समावेश छ भने १३ मेगापिक्सेलको सेल्फी क्यामरा  छ । त्यस्तै ​स्मार्टफोनमा सामसङकै एक्सिनस १२८० प्रोसेसर छ ।

५००० हजार एमएएच क्षमताकाे ब्याट्री रहेको यसमा २५ वाटको टाइपसी चार्जर दिइएको छ ।
नेपाली बजारमा सामसङ ग्यालेक्सी ए२५ फाइभजी स्मार्टफोन ८जीबी र्‍याम र १२८/२५६ इन्टर्नल स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडी कार्ड प्रयोग गरी थप १ टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ ।

यो स्मार्टफोनकाे मूल्य ८-१२८ जीबीका लागि ४० हजार ९९९ रुपैयाँ र ८-२५६ जीबीका लागि ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्राहकले देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता तिरेरसमेत यो फोन खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८० ९:३७