close

दीक्षित भए सफ्टवेरिका कलेजका २४७ विद्यार्थी, अधिकांश उत्तीर्णअघि नै रोजगार

टेकपाना टेकपाना

पुस १३, २०८० १५:४३

दीक्षित भए सफ्टवेरिका कलेजका २४७ विद्यार्थी, अधिकांश उत्तीर्णअघि नै रोजगार

 

काठमाडौं । नेपालमा बेलायतको कोभेन्ट्री विश्वविद्यालयको शैक्षिक कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज आईटी एन्ड ईकमर्सका २४७ विद्यार्थी दीक्षित भएका छन् । ​बिहीवार भएको एक कार्यक्रममा हालै स्नातक तह उत्तीर्ण विद्यार्थीहरू दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहमा बोल्दै क्याम्पस प्रमुख प्रमोद पौडेलले विगतका वर्षहरूमा जस्तै यस पटक पनि उच्च संख्यामा विद्यार्थी दीक्षित हुनु कलेजका लागि अर्को कोशेढुङ्गा भएको बताए । साथै दीक्षित हुनुअघि नै अधिकांश विद्यार्थी राेजगार भएकाे उनले जनाए ।

“हामी हर्षित छौं कि, हाम्रा अधिकांश विद्यार्थीहरूले स्नातक तह उत्तीर्ण नगर्दै काममा लागि सकेका थिए । त्यसले हाम्रो सफलता र उपलब्धिमा थप उत्सव थपेको छ,” पौडेलले भने ।

सफ्टवेरिकामा हाल बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी जस्ता स्नातक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८० १५:४३