close

‘पशु बजार’ एपमा नयाँ फिचर, अब बङ्गुर, माछा र कुकुर पनि किनबेच गर्न सकिने

टेकपाना टेकपाना

पुस १५, २०८० १५:१०

‘पशु बजार’ एपमा नयाँ फिचर, अब बङ्गुर, माछा र कुकुर पनि किनबेच गर्न सकिने

 

काठमाडौं । वस्तुभाउ बिक्रेता र क्रेताबीच मध्यस्थता गर्न बनाइएको 'पशु बजार' नामक मोबाइल एपमा नयाँ अपडेट आएको छ । यूआई/यूएक्स सहित एपमा हालै नयाँ अपडेट उपलब्ध भएकाे एप निर्माता नवीन अधिकारीले जानकारी दिए । 

एपबाट बेच्न मिल्ने वस्तुभाउमा बङ्गुर, कुकुर र माछा (माछाकाे भुरासमेत) थपिएका छन् । यसअघि याे एपमार्फत गाई, भैंसी, बाख्रा, खसी, बोका, कुखुरा बेच्न मिल्ने सुविधा थियाे ।

त्यस्तै नयाँ अपडेटमा एपको इन्टरफेसलाई पहिलेकोभन्दा अझ सरल बनाइएको एप निर्माता अधिकारीले बताए । यसबाट सामान्य प्रयोगकर्तालाई पनि एप चलाउन सजिलो हुने उनकाे विश्वास छ ।

विगत केही वर्षदेखि अष्ट्रेलिया बस्दै आएका झापा घर भएका अधिकारीले गत वर्ष मात्रै यो एप तयार पारेको थिए । छुट्टीका बेला घर आएको समयमा गाउँ डुलेर वस्तुभाउ खोज्नुपर्ने र यसका लागि एजेन्टले चर्को रकम मागेको देखेपछि त्यसलाई समाधान गर्ने हेतुले उनले यो एप बनाएका थिए ।

सार्वजनिक भएको छोटो समयमा नै एपको डाउनलोड संख्या छ हजार पुगेको छ । एपको लक्ष्य वस्तुभाउ खरिद वा बिक्री गर्दा एजेन्ट (मध्यस्थकर्ता) को सहयोग हटाउनु रहेको उनको भनाइ छ ।

एपमा जोकोहीले आफूसँग भएका वस्तुभाउ (गाई, भैंसी, बाख्रा, खसी, बोका आदि) बिक्रीका लागि राख्न राख्छन् । उनीहरूले पशुको विभिन्न विवरण जस्तै; रङ, तौल, उचाइको विवरण भने समावेश गर्नुपर्ने हुन्छ, जसलाई त्यस्ता वस्तुभाउ खरिद गर्न चाहेका व्यक्तिले हेर्न सक्छन् ।

र एपबाटै बिक्रेता पहिचान गरी उसँग सोझै कुरा गर्न सक्छन् । डेभलपर अधिकारीका अनुसार यस एपमा पशु एड गर्ने, पशु सर्च गर्ने, पोस्टमा कमेन्ट गर्न सक्ने, आफूलाई आवश्यक हुने पशुको विवरण सेभ गर्न र बिक्रेतासँग सोझै कुराकानी गर्न सकिने सुविधा रहेकाे छ । 

बिक्रेताले राखेको सोही विवरण खरिद गर्ने व्यक्तिले एपबाट देख्छन् । त्यसैको आधारमा आफूलाई मन परेको सोझै बिक्रेतासँग कुरा गरेर खरिद गर्न सक्छन् ।

यो एपको डाउनलोड संख्या सात हजार बढी र युजरबेस (प्रयाेगकर्ता) पाँच हजारको हारहारीमा रहेको अधिकारीले जानकारी दिए । 'पशु बजार'बारे थप बुझ्न भने यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १५, २०८० १५:२१