close

नेपालमा हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययन हुँदै

टेकपाना टेकपाना

पुस १७, २०८० १६:२६

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

 

काठमाडौं । नेपालमा हावाबाट बिजुली उत्पादन गर्न नेपाल इन्जिनियरिङ कलेजले ‘हावा प्रोजेक्ट २.०’ सञ्चालन गर्ने भएको छ । जापान इनर्जी सेफ्टी एसाेसिएसन (जेएसए) संस्थासँगकाे सहकार्यमा कलेजले याे  परियोजना सुरु गर्न लागेको हाे ।

परियोजन अन्तर्गत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र हावाबाट बिजुली उत्पादन गर्न सकिने विषयमा अध्ययन गरिने छ ।

कलेजमा अध्ययनरत सिभिल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीहरू याे परियोजानमा सहभागी हुनेछन् । यसका लागि कलेजले एसाेसिएट प्राेफेसर दिनेशप्रसाद गुरागाईको संयोजकत्वमा ती विषयका एक-एक शिक्षक रहने गरी समूहसमेत गठन गरेको छ । 

वैकल्पिक ऊर्जाको रुपमा हावाबाट बिजुली उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्नु यस परियोजनाको उद्देश्य रहेको कलेजले बताएको छ । त्यसका लागि आवश्यक पर्ने उपकरणहरू जापानी संस्था जेएसएले कलेजलाई हस्तान्तरण गरिसकेको छ ।

यसअघि पनि साेही संस्थासँग सहकार्य गरेर कलेजले ‘हावा प्रोजेक्ट’ चलाएको थियो । त्यसलाई पुनः निरन्तरता दिन ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको कलेजको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८० १६:२६