close

इन्जिनियरिङ पढ्न नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै चीन, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

पुस २०, २०८० १४:३४

इन्जिनियरिङ पढ्न नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै चीन, यसरी दिनुहोस् आवेदन

काठमाडौं । चीनमा स्नातक तथा स्नातकोत्तर तहको छात्रवृत्तिमा इन्जिनियरिङ तथा कृषि विषय अध्ययन गर्न इच्छुक विद्यार्थीलाई दरखास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले एक सूचना जारी गर्दै छात्रवृत्ति आवेदन सम्बन्धमा जानकारी दिएको हो ।

चीनले नेपाललाई सन् २०२४/२५ का लागि प्रदान गर्ने छात्रवृत्ति कार्यक्रम अन्तर्गत स्नातकमा चार जना तथा स्नातकोत्तरमा १९ जना विद्यार्थीले पढ्न पाउनेछन् ।

इन्जिनियरिङ विषयका लागि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र कृषि विषयका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (आईएएएस)ले पछिल्लो पटक सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले आवेदन दिनसक्ने छन् ।

उनीहरूले यही पुस महिनाभित्र मन्त्रालयको छात्रवृत्ति शाखामा आवेदन दिनुपर्ने हुन्छ । आवेदकको उमेर स्नातकका लागि २५ वर्ष र स्नातकोत्तरका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्ने छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १४:३४