close

२७ ओटा मोबाइल चोरी गरेको आरोपमा एक जना पक्राउ*

टेकपाना टेकपाना

पुस २३, २०८० १७:२५

२७ ओटा मोबाइल चोरी गरेको आरोपमा एक जना पक्राउ*

पक्राउ पर्नेमा सप्तरी घर भइ पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डल रहेका रहेका छन् । प्रहरीका अनुसार १४ मंसिर राति काठमाडौं ३२ पेप्सिकोला स्थित एक्टिभ मोबाइल पसलबाट मोबाइल चोरी भएको थियो । उक्त घटनामा सो पसलबाट चोरले विभिन्न कम्पनीका २७ थान मोबाइल सेट तथा घडी चोरी गरेका थिए । जसको कूल मूल्य पाँच लाख ५२ हजार ९०० रुपैयाँ बराबर थियो ।

उक्त चोरीको घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले आइतवार दिउसो पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइल सहित रामानन्द मण्डललाई पक्राउ गरेको थियो ।

उनीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

(यसअघि तीन जना पक्राउ परेको शीर्षक राखिएकोमा सो शीर्षक गलत भएकाले सच्याइएको छ । -सं)

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १०:३०