close

दराजबाट भिभो फोन खरिद गर्दा ११ हजार रुपैयाँसम्म छुट, साथमा अन्य उपहार

टेकपाना टेकपाना

पुस २४, २०८० १६:३६

दराजबाट भिभो फोन खरिद गर्दा ११ हजार रुपैयाँसम्म छुट, साथमा अन्य उपहार

 

काठमाडौं । भिभोले अनलाइन मार्केटप्लेस दराजसँग सहकार्य गरेर नयाँ अफर ल्याएको छ । नयाँ वर्ष २०२४ लाई लक्षित गर्दै भिभोले आफ्ना विभिन्न माेडेलका स्मार्टफोनमा विशेष छुटको घोषणा गरेको हो ।

११ जनवरी अर्थात् बिहीवारसम्म सञ्चालन हुने यो अफरमा ग्राहकले स्मार्टफोन खरिदमा बढीमा ११ हजारसम्मको छुट पाउनेछन् । यो अफर अन्तर्गत १३ हजार ५९९ सुरुवाती मूल्य रहेको भिभो वाई वन एस (२+३२ जीबी) नौ हजार ९९९ मा खरिद गर्न सकिनेछ ।

त्यस्तै २३ हजार ९९९ सुरुवाती मूल्य रहेको भिभो वाई २० एस (४+१२८ जीबी) नौ हजार रुपैयाँ छुट अर्थात् १४ हजार ९९९ मा उपलब्ध हुनेछ । यसैगरी २५ हजार ४९९ सुरुवाती मूल्य रहेको वाई २२ एस  (६+१२८जीबी) १७ हजार ९९९ रुपैयाँमै खरिद गर्न सकिन्छ ।

कम्पनीका अनुसार ‘भी’ सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी २५ ई (८+१२८ जीबी) लाई ३९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको सुरुवाती मूल्य ३९ हजार ९९९ रहेको थियो ।

त्यसका साथै ५२ हजार ९९९ सुरुवाती मूल्य रहेको भिभो भी २५ फाइभजी (८+१२८ जीबी) ११ हजार रुपैयाँ छुटका साथ ४१ हजार ९९९ मा पाइन्छ ।

यसका साथै भिभोले स्मार्टफोन खरिद गर्ने अन्य ग्राहकलाई विशेष अफर ल्याएको छ । १५ हजार मूल्यभन्दा कमको स्मार्टफोन मोडेल खरिदमा स्मार्ट बोतल उपहार पाइनेछ ।

त्यस्तै १५ हजारदेखि २० हजार रुपैयाँसम्मको स्मार्टफाेन खरिद गर्दा साइडब्याग उपहार पाइनेछ ।

यसैगरी २० हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँ बीचको भिभो स्मार्टफोनहरूको खरिद गर्दा ब्लुटुथ स्पिकर उपहार पाइनेछ । र, ३५ हजारभन्दा माथिका स्मार्टफोन खरिद गर्दा आकर्षक इयरबड उपहार पाइनेछ ।

दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा ५०० देखि एक हजार रुपैयाँका भाउचरहरू उपलब्ध गराउने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १६:३६