close

टेड एक्स टक आयोजना गर्दै सफ्टवेरिका, सहभागी हुन १ हजार शुल्क

टेकपाना टेकपाना

पुस २५, २०८० १४:५४

टेड एक्स टक आयोजना गर्दै सफ्टवेरिका, सहभागी हुन १ हजार शुल्क

काठमाडौं । सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा टेड एक्स सफ्टवेरिका (TedXSoftwarica) कार्यक्रम हुने भएको छ ।

यही शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अँगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने थिमसहित उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा प्रविधि, मिडिया, बैङ्किङ, स्टार्टअप लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरू वक्ताका रूपमा रहनेछन्. जसमा पूर्वबैंकर अनिल केशरी शाह, खल्ती वालेटका सीईओ विनय खड्का, पत्रकार ऋषि धमला लगायत वक्ताका रूपमा रहनेछन् ।

कार्यक्रमबारे थप बुझ्न यहाँ र टिकट खरिद गर्न यहाँ क्लिक गर्नुहोस् । टिकट शुल्क एक हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०८० १७:९