close

विद्यार्थीका लागि २ लाख राशिको ह्याकाथन प्रतिस्पर्धा हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

पुस २७, २०८० १५:३७

विद्यार्थीका लागि २ लाख राशिको ह्याकाथन प्रतिस्पर्धा हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । प्राविधिक मेलाको रूपमा आयोजना हुने डेल्टा ४.० मा दुई लाख पुरस्कार राशीको ह्याकाथन प्रतिस्पर्धा हुने भएको छ । एसोसिएसन अफ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्टसँग सहकार्य गर्दै डेल्टा, आईओई पूर्वाञ्चल क्याम्पसले धरानमा ह्याकाथन आयोजना गर्न लागेको हो ।

ह्याकाथन आउँदो माघ ५ गते सुरु भएर ३० घण्टासम्म चल्ने छ । यस प्रतियोगितामा कलेजमा अध्ययनरत विद्यार्थी समूहहरूले सहभागिता जनाउन पाउने छन् ।

समूहमा दुईदेखि चार जना हुनुपर्ने छ । ह्याकाथनको थिम प्रतियोगिता सुरु हुनुअघि दिइने आयोजकले जनाएको छ । सहभागी प्रतिस्पर्धी समूहहरूले सोही थिममा आधारित भई ३० घण्टाभित्र कोडिङ गरेर कुनै एउटा परियोजना तयार पार्नुपर्ने हुन्छ । उनीहरूले तयार पार्ने त्यही उत्पादनका आधारमा विजेता चुनिने आयोजकको भनाइ छ ।

त्यस्तै प्रतिस्पर्धामा सहभागी समूहलाई खाना, बास, इन्टरनेट लगायतका आधारभूत कुराहरूको व्यवस्था गरिने आयोजकले बताएको छ । 

ह्याकाथनमा सहभागी हुन इच्छुक विद्यार्थी समूहले पुस २६ देखि माघ १ सम्म आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिन यहाँ र ह्याकाथनको नियमबारे बुझ्न यहाँ  क्लिक गर्नुहोस् ।

कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १५:४५