close

फोनपेको सेवा पुनः अवरुद्ध

टेकपाना टेकपाना

पुस २९, २०८० १५:५५

फोनपेको सेवा पुनः अवरुद्ध

 

काठमाडौं । गत पुस २५ गतेमा मात्र सबै सेवा अवरुद्ध भएको फोनमा पुन: समस्या देखिएको छ । एक सूचना जारी गर्दै कम्पनीले प्राविधिक कारणले सबै सेवा अवरुद्ध भएको जनाएको छ ।

फोनपेमार्फत भुक्तानी गर्न खोज्दा समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासो गरेका छन् ।

फोनपेले आफ्नो टिमले समस्याको समाधान गर्न काम गरिरहेको उल्लेख गरेको छ । आज एफवन ग्रुप अन्तर्गतकै डिजिटल वालेट ईसेवाको सेवा पनि अवरुद्ध भएको थियो ।

अनलाइन भुक्तानी सेवा प्रदायकहरूको सेवा बारम्बार अवरुद्ध हुँदा प्रयोगकर्ता प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १५:५५