close

‘अनर एक्स नाइन बी’ को प्रि-बुकिङ खुल्यो, ग्राहकलाई ६ हजार मूल्यको इयरबड उपहार

टेकपाना टेकपाना

माघ ७, २०८० १२:५२

‘अनर एक्स नाइन बी’ को प्रि-बुकिङ खुल्यो, ग्राहकलाई ६ हजार मूल्यको इयरबड उपहार

काठमाडौं । नेपाली बजारमा ‘अनर एक्स नाइन बी’ स्मार्टफोनको प्रि-अर्डर खुलेको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले आइतबारदेखि यो फोनको प्रि-बुकिङ खुलाएको हो । ग्राहकले यो फोन प्रि-अर्डर गर्दा पहिलो ४०० ग्राहकले पाँच हजार ९९० रुपैयाँ मूल्यको ‘अनर इयरबड्स एक्स फाइभ’ निःशुल्क पाउने कम्पनीले जनाएको छ । 

‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा कम्पनीले नेपाली उपभोक्तामाझ ‘अनर एक्स नाइन बी’ ल्याउन लागेको हो । 

यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ ।

६.७८ इन्च एमोलेड कर्भ्ड डिस्प्ले रहेको फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसका लागि कम्पनीले ३५ वाटको चार्जर साथमा दिएको छ । क्वालकम स्न्यापड्रागन सिक्स जेन वन चिपसेटबाट सञ्चालित यो फोन एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ मा चल्छ । 

यो फोनमा अल्ट्रा बाउन्स एन्टी ड्रप डिस्प्ले रहेको छ, जसमा बलियो प्रोटेक्टिभ ग्लास सहित तीन तहको डिस्प्ले टेक्नोलोजी रहेको कम्पनीको भनाइ छ । कम्पनीले पाँच फिटबाट फोन ड्रप गर्दा पनि कुनै क्षति नहुने गरी फोनको फ्रेम र कम्पोनेन्टहरू डिजाइन गरिएको दाबी गरेको छ । त्यस्तै फोनले आईपी५३ वाटर एन्ड डस्ट रेसिस्टेन्स प्राप्त गरेको छ । फोन आफैंमा सोलिड मेटल फ्रेम र उच्च गुणस्तरको पोलिकार्बोनेट प्रयोग गरी बनाइएकाले बलियो भएको कम्पनीले उल्लेख गरेको छ ।

नेपाली बजारमा १२ जीबी र्‍याम तथा २५६ जीबी भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य कम्पनीले सार्वजनिक गरिसकेको छैन ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८० १३:६