close

बोट ब्राण्डको प्रिमियम इयरबड नेपाल आउँदै, लन्च अफरमा १ हजार छुट

टेकपाना टेकपाना

माघ ७, २०८० १५:४९

बोट ब्राण्डको प्रिमियम इयरबड नेपाल आउँदै, लन्च अफरमा १ हजार छुट

काठमाडौं । नेपाली बजारमा बोट ब्राण्डको प्रिमियम इयरबड ‘बोट निर्भाना आयन’ (boat nirvana ion) आउने भएको छ । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटकले यो इयरबड ल्याउन लागेको हो ।

अनलाइन मार्केटप्लेस दराजमा लिस्टिङ भइसकेको यो इयरबड २४ जनवरी अर्थात् बुधवार सार्वजनिक हुनेछ । बजारमूल्य ४,९९९ रुपैयाँ तोकिएको इयरबड सार्वजनिक भएपछि लन्च अफरका रूपमा ३,९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

त्यस्तै ३१ जनवरीसम्म यो इयरबड खरिद गर्ने ग्राहकले दराजबाट डिस्काउन्ट भौचरसमेत पाउनेछन् ।

कम्पनीले यो इयरबड एक पटकको चार्जमा १२० घण्टासम्म टिक्ने दाबी गरेको छ । केसमा चार्ज नगरी बड्स मात्र प्रयोग गर्दा लगातार २४ घण्टासम्म इयरबड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

टाइप-सी केबलमार्फत चार्ज गर्न सकिने इयरबडमा कम्पनीले ‘हाई-फाई डीएसपी ५’ चिप समावेश गरेको छ । यो इयरबडमा दुई ओटा ईक्यू मोड दिइएको छ । यसको सहायताले बोटको सिग्नेचर साउन्ड र बोट ब्यालेन्स्ड मोडको साउन्ड सुन्न सकिन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुकूल साउन्ड सुन्न सक्नेछन् ।

यसमा इन-इयर डिटेक्सन सिस्टम पनि समावेश गरिएको छ । यदि इयरबड कानबाट निकालिएको छ भने प्ले भइरहेको भिडिओ स्वतः रोकिन्छ ।

त्यस्तै यसमा भएको ईएनएक्स प्रविधिले फोन कलको आवाज प्रस्ट बनाउने कम्पनीले जनाएको छ । इयरबड लगाएर गेमिङ गर्नेहरूका लागि कम्पनीले ६० एमएसको लो ल्याटेन्सी दिने 'बिस्ट' मोड समावेश गरेको छ ।

यसमा आईपीएस फोर रेटिङ दिइएको छ, जसले गर्दा पसिना, पानी वा धुलो पर्दा पनि इयरबडलाई केही असर नपर्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी कल, म्युजिक आदिका लागि भोल्युम कन्ट्रोल गर्न इयरबडमा सेन्सर दिइएको छ । ब्लुटुथ भर्सन ५.२ मा आधारित यो इयरबडलाई एन्ड्रोइड तथा आईओएस दुवै डिभाइसमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८० १५:४९