close

१२ घण्टासम्म चार्ज टिक्ने ब्लुटुथ स्पिकर ल्याउँदै अल्टिमा, कति पर्ला मूल्य ?

टेकपाना टेकपाना

माघ ११, २०८० १७:१७

१२ घण्टासम्म चार्ज टिक्ने ब्लुटुथ स्पिकर ल्याउँदै अल्टिमा, कति पर्ला मूल्य ?

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले बजारमा नयाँ ब्लुटुथ स्पिकर ल्याउने भएको छ । कम्पनीले ‘अल्टिमा रक ब्लुटुथ स्पिकर’ ल्याउने तयारी गरेको हो ।

कम्पनीले यो स्पिकरको सबैभन्दा आकर्षक पक्ष ब्याट्री हुने बताएको छ । यसमा २२०० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई ६० प्रतिशत भोल्युममा प्रयोग गर्दा १२ घण्टासम्म चार्ज टिक्ने अल्टिमाको दाबी छ । यसलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

ब्लुटुथ ५.३ मा भएको यो स्पिकरमा कम्पनीले एयूएस पोर्ट, यूएसबी पोर्ट र टीएफ कार्डको पोर्ट समावेश गरेको छ । यसमा छ वाटमा दुई ओटा स्टेरियो स्पिकर रहेका छन् ।

स्पिकरमा आरजीबी लाइटको सुविधा दिइएको छ । अर्थात् म्युजिक बज्दा स्पिकरको उक्त लाइट बल्छ ।

यसले आईपीएक्स फाइभ रेटिङ पाएको छ । म्युजिक तथा भोल्युम कन्ट्रोलका लागि विभिन्न बटनहरू राखिएको छ ।

टाइप सी चार्जिङ सिस्टम समावेश यस स्पिकरलाई ल्यापटप, फोन र ट्याब्लेटमा समेत प्रयोग गर्न सकिनेछ ।

कम्पनीले यसमा एक वर्षको वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ । कम्पनीले चाँडै नै यो स्पिकरको प्रि-अर्डर र सार्वजनिक मिति घोषणा हुने जानकारी दिएको छ ।

यसको मूल्य करिब चार हजार रुपैयाँ हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०८० १७:१७