close

आईपीओ जारी गर्दै नेपाल पेमेन्ट सोलुसन, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

टेकपाना टेकपाना

माघ १२, २०८० १३:४५

आईपीओ जारी गर्दै नेपाल पेमेन्ट सोलुसन, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक नेपाल पेमेन्ट सोलुसन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि हालै कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौता पत्रमा नेपाल पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरको तीन करोड पाँच लाख ६० हजार रुपैयाँ बराबरको तीन लाख पाँच हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १३:४५