close

दीक्षान्त समारोह गर्दै सुदूरपश्चिम विश्वविद्यालय, अनलाइनबाटै फाराम भर्न सकिने

टेकपाना टेकपाना

माघ १७, २०८० १२:४२

दीक्षान्त समारोह गर्दै सुदूरपश्चिम विश्वविद्यालय, अनलाइनबाटै फाराम भर्न सकिने

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौंथाे दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुलेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीका लागि अनलाइन फाराम खुलाएको हो ।

दीक्षान्त समारोहमा सहभागी हुन स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले अनलाइन फाराम भर्न सक्नेछन् । उनीहरूको ट्रान्सक्रिप्ट १ मङ्सिर २०७९ देखि १५ माघ २०८० सम्म जारी भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै दीक्षान्त समारोहमा सहभागी हुन भरिने फाराम १७ माघदेखि २ फागुनसम्म उपलब्ध हुने सूचनामा उल्लेख छ । उक्त अवधिभित्र कुनै पनि समयमा विद्यार्थीले फाराम भर्न सक्नेछन् ।

यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: माघ १७, २०८० १३:९