close

गण्डकीमा विद्युतीय सार्वजनिक सवारी ३० वर्षमा पत्रु हुने

टेकपाना टेकपाना

माघ २१, २०८० १६:३८

गण्डकीमा विद्युतीय सार्वजनिक सवारी ३० वर्षमा पत्रु हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले विद्युतीय सवारीको आयु तोकेको छ । हालै प्रदेश राजपत्रमा प्रकाशित गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० ले पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसँगै विद्युतीय सवारीको आयु तोकेको हो ।

यसअनुसार विद्युतीय सार्वजनिक सवारी ३० वर्षमा पत्रु कायम गर्नुपर्ने उल्लेख छ । त्यस्तै पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीको आयु २५ वर्ष तोकिएको छ ।

गण्डकी प्रदेशले नेपालमै पहिलो पटक निजी सवारीसाधनको समेत आयु तोकेको छ । यसअनुसार निजी सवारी २५ वर्षमा अनिवार्य पत्रु कायम गरी लगत कट्टा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै सार्वजनिक तथा अन्य सवारीलाई विद्युतीयमैत्री सवारीमा रुपान्तरण गर्न भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्ने उक्त नियमावलीमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १६:३८